डिमेन्सिया (भुल्ने रोग) रोकथाम बारे विशाल अनलाइन खुला पाठ्यक्रम- नेपाली भाषामा

Frequently Asked Questions

Course Closed


Next Course:

Preventing Dementia
Always open

Opens: May 2025 - Enrol now
Effort: Self-paced
Location: Online Course
Cost: FREE

Enrol in course More Details

Motor Neurone Disease MOOC
September 2025

Opened: 6th Sep 2025, 9:00am (AEST)
Effort: Self-paced
Location: Online Course
Cost: FREE

Enrol in course More Details


पाठ्यक्रम विवरण

"डिमेन्सिया  रोकथाम मूक" एक  विशाल  खुला  अनलाइन  कोर्स  हो, जसले  डिमेन्सियाका  जोखिम  र  सुरक्षात्मक  कारकहरूका बारेमा  भएका नवीनतम अनुसन्धानहरुको बारेमा  विश्वविद्यालय- गुणस्तरको  शिक्षा  प्रदान  गर्दछ। एस नि:शुल्क  पाठ्यक्रमले  परीक्षा  वा असाइनमेन्ट बिनानै  विश्वव्यापी  समुदायसँग  संलग्न  हुने  अवसर  प्रदान  गर्दछ। 

विश्वको  बढ्दो  बुढ्यौली  जनसंख्यका  कारण  डिमेन्सिया  एक  प्रमुख  सार्वजनिक  स्वास्थ्य  समस्या   बनेको   छ। के  तपाईंको डिमेन्सियाको  जोखिमलाई  परिमार्जन  गर्न  सम्भव  छ?  जोखिमको  पर्याप्त अनुपात  उन्नत  बुढ्यौली  र  आनुवंशिक  जोखिम कारकहरूसँग  सम्बन्धित  छ,  तर  पछिल्लो  अनुसन्धानले  संकेत  गरेको  छ  कि  तपाईंले  परिमार्जन  गर्न  सक्ने  कारकहरू पनि  छन्  जसले  तपाईंलाइ  डिमेन्सिया  हुने  जोखिमतालाइ   घटाउन  सक्छ। डिमेन्सिया  को  रोकथाम  मूकले विश्वभरका  विभिन्न  विशेषज्ञताहरूको  दायरालाई  चित्रण  गर्दै    डिमेन्सिया  रोकथामको  बारेमा  उपलब्ध  भएका  सबै  भन्दा  उच्च गुणस्तरका  प्रमाणहरूको  खोजी  गर्दछ।  

"डिमेन्सिया  रोकथाम मूक  पाठ्यक्रम"  सबैका  लागि  उपयुक्त  छ।  चाहे  तपाईं  मस्तिष्क स्वास्थ्य र/वा  डिमेन्सिया  जोखिम  न्यूनीकरणमा  रुचि राख्ने  व्यक्ति  हुनुहुन्छ, वा  सम्बन्धित  स्वास्थ्य  व्यवसायी,  चिकित्सक,  वृद्ध  हेरचाह  सेवा  प्रदायक  वा  स्वास्थ्य  नीति  पेशेवर  व्यक्ति  हुनुहुन्छ - यो  पाठ्यक्रम  विभिन्न  पृष्ठभूमिका  मानिसहरूलाई  पहुँचयोग्य   र  उपयोगी   होस्  भनि   निर्माण  गरिएको  हो। 

यो पाठ्यक्रम ४ हप्ता लामो छ  र तपाईंले सामग्रीसँग संलग्न हुन र पाठ्यक्रम गतिविधिहरू पूरा गर्न प्रति हप्ता लगभग २  घण्टा खर्च गर्ने अपेक्षा गर्नुपर्दछ। ३१ मार्च २०२४ मा पूर्वी अस्ट्रेलियाई समय साँझ ५:०० बजे यो  पाठ्यक्रम बन्द हुने छ, तेसैले हजुरले यो पाठ्यक्रम बन्द नभएसम्म दिनको कुनै पनि समयमा  आफ्नै गतिमा यो सामग्री पूर्ण गर्न सक्नुहुनेछ।

तपाईंले पाठ्यक्रम पूरा गरेपछि पूर्णताको नि: शुल्क, व्यक्तिगतकृत प्रमाणपत्र डाउनलोड गर्न योग्य हुनुहुनेछ। हामी निःशुल्क प्रमाणपत्रको अतिरिक्त सशुल्क परिष्कृत प्रमाणपत्र विकल्पहरू पनि प्रस्ताव गर्दछौ।




पाठ्यक्रम   रूपरेखा
मोड्युल  १ - के  डिमेन्सियालाई  रोक्न  सकिन्छ?

  • डिमेन्सिया रोकथाम मा प्रमुख अवधारणाहरु
  • डिमेन्सियाको परिभाषा र डिमेन्सिया निम्त्याउने रोगहरूको परिचय
  • विश्वभर डिमेन्सियाको प्रभाव
  • डिमेन्सियाका लागि प्रमुख गैर-परिमार्जन योग्य र परिमार्जनयोग्य जोखिम कारकहरू
  • डिमेन्सिया जोखिममा आनुवंशिकीको प्रभाव
  • कसरी डिमेन्सिया जोखिम व्यक्तिगत र जनसंख्या स्तर मा मापन गरिनछ 

मोड्युल  २ - डिमेन्सिया  जोखिम - यो  सबै  तपाईको  टाउको/ मस्तिष्कमा  मात्रै  छैन

  • मुख्य भास्कुलर जोखिम कारक र डिमेन्सिया बीचको सम्बन्धलाई समर्थन गर्ने प्रमाण
  • डिमेन्सिया जोखिममा शारीरिक गतिविधि र आहारको प्रभाव
  • डिमेन्सिया जोखिममा धुम्रपान र रक्सीको प्रभाव

मोड्युल ३  - एक  स्वस्थ  र  सक्रिय  दिमाग/ मस्तिष्क

  • मुख्य जीवनशैली कारकहरू र डिमेन्सियाको जोखिम बीचको सम्बन्धलाई समर्थन गर्ने प्रमाण
  • डिमेन्सिया जोखिममा अवसादको प्रभाव
  • डिमेन्सिया जोखिममा शिक्षाको प्रभाव
  • संज्ञानात्मक सञ्चिति (रिजर्व) को अवधारणा

मोड्युल ४ - रोकथामका  लागि  हस्तक्षेपहरू

  • व्यक्ति र जनसंख्या स्तरमा रोकथामको लागि प्रमुख रणनीतिहरू
  • स्वस्थ व्यवहारलाई प्रोत्साहित गर्दै
  • डिमेन्सियाको जोखिम कम गर्न तपाईले के गर्न सक्नुहुन्छ
  • डिमेन्सिया रोकथाममा हालको अनुसन्धान पहलहरू